२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


बजेटप्रति निकासी उद्योगीको चर्को असन्तुष्टि


0
Shares

काठमाडौं, जेठ २२ । आगामी बजेटप्रति निकासी उद्योगीले असन्तुष्टि जनाएका छन् ।

निर्यातजन्य ६ ओटा वस्तुगत संघहरुले बुधबार राजधानीमा संयुक्तरुपमा पत्रकार सम्मेलन गरी बजेटप्रति असन्तुष्टि जनाएका हुन् ।

नेपाल निर्यात परिषद्, नेपाल पश्मिना उत्पादक संघ, नेपाल हस्तकला महासंघ, नेपाल कार्पेट उद्योग संघ, नेपाल फेल्ट उद्योग संघ र नेपाल सिल्क एसोसिएसनले बजेटको आलोचना गरेका हुन् ।

आगामी बजेटले निकासी उद्योगलाई उपेक्षा गरेको उनीहरुको आरोप छ । आफूहरुको सुझाव एउटा पनि नसमेटिएको आरोप उनीहरुले लगाए ।

बजेटमा ‘निर्यातमूलक उद्योगलाई प्रोत्साहन गरिनेछ’ भन्नेमात्र उल्लेख गरिएको तर उपलब्ध गराउने सुविधाकाबारेमा भने कुनैपनि स्पस्टता नभएको उद्योगीको गुनासो छ ।