
काठमाडौं, जेठ २२ । नेपाल निर्माण व्यवसायी महासंघले आउँदो साउन १ गतेदेखि सम्पूर्ण निर्माणकार्य ठप्प पार्ने निर्णय गरेको छ ।
सार्वजनिक खरिद नियमावली (छैटौं संशोधन) २०७५ का केही बुँदाविरुद्ध आन्दोलित महासंघले बुधबार राजधानीमा राष्ट्रिय भेला गरी साउन १ गतेदेखि निर्माणकार्य ठप्प पार्नेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
महासंघले कालोपट्टी बाँधेर काम गर्ने, जिल्ला प्रशासन कार्यालय र सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिने, हेभी इक्विपमेन्टसहित प्रदर्शन गर्नेदेखि इजाजतपत्र सरकारलाई बुझाउने र कामै ठप्प पार्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
नियमावलीका केही बुँदाले समग्र निर्माण क्षेत्रलाई नै तहसनहस पारी अर्थतन्त्रमा नै नकारात्मक प्रभाव पर्ने व्यवसायीहरुको दाबी छ ।
भेलाअघि व्यवसायीहरुले शान्तिपूर्ण र्यालीसमेत निकालेका थिए ।
प्रतिक्रिया दिनुहोस्