२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


नेप्से साढे ३ अंकले ओरालो


0
Shares

काठमाडौं, जेठ २१ । मंगलबार पनि पुँजीबजार सामान्य अंकले ऋणात्मक रह्यो ।

यसदिन पनि उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ३ अंकले ओरालो लागेर १२ सय ८९ विन्दुमा आइ थामियो ।

यसदिन कारोबार भएकामध्ये बढीजसो समूह ओरालो लागेसँगै नेप्से ऋणात्मक रहन पुगेको हो ।

यसदिन उत्पादनमूलक, होटल, विकास बैंक र वित्त समूहबाहेक अरु सबै समूह ओरालो लागेका हुन् ।

निर्जीवन बिमा समूह सबैभन्दा उच्च ५५ अंकले ओरालो लाग्यो । जीवनबिमा समूह पनि २५ अंकले झर्‍यो । लघुवित्त समूह पनि दोहोरो अंकले घट्दा अरु भने सामान्य अंकले रातो रहेका हुन् ।

यसदिन उत्पादनमूलक समूह ४१ अंक अनि होटल समूह ३२ अंकले उकालो लागे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७२ कम्पनीका २२ लाख ५२ हजार कित्ता सेयर साढे ७१ करोड रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।