
काठमाडौं, जेठ २० । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको तेस्रो संकरणको ‘हिमालयन ट्राभल मार्ट’को तयारी पूरा भएको बताइएको छ ।
यही जेठ २३ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुने मार्टमा नेपालसहित ४१ देशका करिब ७०० जनाको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा नेपाल पर्यटन बोर्ड र पाटा नेपाल च्याप्टरले आयोजना गरेको ट्राभल मार्टले नेपाललाई हिमालयन प्रवेशद्वारकारुपमा परिचित गराउँदै आएको आयोजकको दाबी छ ।
क्रमशः ‘ब्रान्डिङ’ हुँदै आइरहेको यो मार्टले नेपाली पर्यटन क्षेत्रलाई विश्वबजारमा नेपालको सशक्त उपस्थिति जनाउन सहयोग पुगेको जनाइएको छ ।
मार्टमा ‘बीटुबी’ पनि सन्चालन हुनेछ ।
यसपटकको बीटुबी मार्टमा ३० मुलुकका विश्वव्यापी क्रेता कम्पनी र ६ ओटा मुलुकका ५४ विक्रेता कम्पनी तथा संस्थाहरु सहभागी हुने बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्