२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


एनआईबीएल सहभागिता फण्ड सुरु


0
Shares

काठमाडौं, जेठ १९ । एनआईबीएल एस क्यापिटलले ‘एनआईबीएल सहभागिता फण्ड’ नामक खुलामुखी योजना खुला गरेको छ । फण्डको आइतबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले शुभारम्भ गरे ।

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको मर्चेन्ट बैंकिङ तथा सामूहिक लगानी कोष व्यवस्थापन गर्दै आएको एनआईबीएल एस क्यापिटलले आफ्नै निष्काशन तथा विक्री प्रबन्धकत्व तथा योजना व्यवस्थापनमा संचालनमा ल्याएको हो । 

नेपालकै पहिलो खुलामुखी योजना ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाईको लागि धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएकोमा पहिलो चरणमा १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड २५ लाख इकाई सर्वसाधारणमा जारी गरिएको कम्पनीले जनाएको छ ।

७ करोड ५० लाख रुपैयाँ बराबरको ७५ लाख इकाई नेपाल इन्भेष्टमेन्ट बैंक र एनआईबीएल एस क्यापिटलले बिज पूँजीको रुपमा खरिद गर्ने जनाइएको छ । न्यूनतम सय र बढीमा २ लाख ५० हजार इकाईका लागि प्रति इकाई १० रुपैयाँका दरले आवेदन दिन सकिनेछ । आवेदन जेठ १९ देखि जेठ २२ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ । 

यो खुलामुखी योजना निरन्तर चलिरहने योजना हो । यसको कारोबार नेप्सेबाट हुँदैन । एनआईबीएल एस क्यापिटल वा यसले तोकेको शाखा वा अन्य बैंकको शाखाबाट मात्रै कारोबार गर्न सकिने कम्पनीका महाप्रबन्धक मेख थापाले जानकारी दिए ।