यशोदा राउत (इमेज)
सिन्धुली, जेठ १८ । नेकपा क्रान्तिकारीका उपाध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्रीका विषयमा पुष्पकमल दाहालले केपी ओलीकासामु घुर्की देखाएको टिप्पणी गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष दाहालले घुर्की देखाएपनि त्यसलाई प्रधानमन्त्री ओलीले नटेर्ने धारणा उनले व्यक्त गरे ।
शनिबार सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा सो पार्टीको भातृसंगठन क्रान्तिकारी युवा लिगको ३ नम्बर प्रदेशस्तरीय प्रथम सम्मेलनको उद्घाटनकाक्रममा उनले यस्तो बताएका हुन् ।
वर्तमान सरकार राष्ट्रघाती, जनविरोधी भएकाले सबै मोर्चामा असफल भएको आरोपसमेत उनले लगाए ।
सरकारबाट देश र जनताले परिवर्तनको कुनै अनुभूति गर्न नपाएको उनको भनाइ छ ।
उपाध्यक्ष गजुरेलले नेपालमा क्रान्ति सफल नभएको भन्दै आफ्नो पार्टीले आन्तरिकरुपमा सशक्त क्रान्तिको तयारी गरिरहेको उल्लेख गरे ।









प्रतिक्रिया दिनुहोस्