२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


रंगेली नगरपालिकाको नगरसभा १७ दिनपछि सम्पन्न


0
Shares

विराटनगर, असार २९ । विपक्षी कांग्रेसको असहमतिबीच मोरङको रंगेली नगरपालिकाको नगरसभा सम्पन्न भएको छ ।

असार १० गते नगरसभा गर्नुपर्ने कानुनी प्रावधान भएपनि विवादको कारण १७ दिन पछि मात्र नगरसभा सम्पन्न भएको हो ।

५० जना सदस्य जनप्रतिनिधि रहेको नगरपालिकामा २० सदस्यले नगरसभा बहिस्कार गरेका थिए । काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बेवस्ता गर्दै नगरप्रमुख दिलीप बडगीयाले बहुमत पुर्‍याएर सभा सम्पन्न गर्न खोजेको भन्दै विपक्षीहरुले नाराबाजी गरेका थिए ।

रंगेली नगरपालिकाका ९ वडा मध्ये ४ वडामा नेकपा, ३ वटामा काग्रेस र २ वडामा जनता समाजवादी पार्टीले जिनेको थियो ।