काठमाडौं, जेठ १७ । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन उनी बिहीबार नयाँदिल्ली गएका थिए ।
शुक्रबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्न भने इन्कार गरे ।
यसअघि, शुक्रबार बिहान नयाँदिल्लीमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता भएको थियो ।
हैदरावाद हाउसमा भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका समग्र आयामका विषयमा छलफल भएको जनाइएको छ ।
प्रधानमन्त्री ओली बिहीबार साँझ भारतीय समकक्षी मोदीको शपथग्रहण समारोहमा सहभागी भएका थिए ।
शपथग्रहण समारोहपछि प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र ‘बिम्स्टेक’ राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखसँग संक्षिप्त भेटवार्ता गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्