Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


उपत्यकामा थपिए सनराईज बैंकका ५ शाखा


0
Shares

काठमाडौं, असार २८ । सनराईज बैंकले उपत्यकामा एकै पटक ५ वटा शाखा विस्तार गरेको छ ।

बैंकले काठमाडौं उपत्यकामा एकैपटक पाँचवटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

बैंकले आइतबार एक कार्यक्रम आयोजना गरी चारवटा शाखा कार्यालय र एउटा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो ।

बैंकले कपन, भङ्गाल, कान्तिपथ, कुमारीगालमा शाखा कार्यालय र हरिसिद्धिमा एक्सटेन्सन शाखा कार्यालय गरी एकैसाथ पाँच वटा कार्यालय सञ्चालनमा ल्याएको हो ।

शाखा कार्यालयहरुको उद्घाटन गर्दैं बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले कोभिड १९ को असरका कारण खर्च कटौतिमा ध्यान दिनुपर्ने अवस्था आएपनि पूर्व निर्धारित योजना अनुसार शाखा कार्यालयहरु सञ्चालनमा ल्याइएको बताउनुभयो ।

बैंकको व्यवसायमा पनि वृद्धि हुनुका साथै त्यस क्षेत्रका नागरिकका लागि बैंकिङ सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पछिल्लो शाखा विस्तारसगै बैंकको शाखा कार्यालयको संख्या १ सय ३४ पुगेको जनाइएको छ ।