Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी


0
Shares

काठमाडौं, जेठ १६ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी भएका छन् ।

बिहीबार नयाँदिल्लीको रायसिनाहिलस्थित राष्ट्रपति भवनमा आयोजित भव्य शपथग्रहण समारोहमा प्रधानमन्त्री ओली सहभागी भएका हुन् ।

प्रधानमन्त्री ओलीसहित ‘बिम्स्टेक’ सदस्य राष्ट्रका सरकार प्रमुखहरु पनि शपथग्रहण समारोहमा सहभागी भएका छन् ।

हालै सम्पन्न लोकसभा निर्वाचनबाट अभूतपूर्व विजय हासिल गरेका मोदीले दोस्रो कार्यकालको शपथग्रहण गरेका हुन् ।

जहाँ बिम्स्टेकमा आवद्ध ८ सदस्य राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखहरुलाई विशिष्ट अतिथिकारुपमा निम्ता गरिएको थियो ।

प्रधानमन्त्री ओली १० सदस्यीय प्रतिनिधिमन्डलको नेतृत्व गर्दै बिहीबारै दिउँसो नेपाल एअरलाइन्सको विमानबाट नयाँदिल्ली गएका हुन् ।

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच शुक्रबार द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ । प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्कनेछन् ।