२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नेपालका लागि चिनियाँ राजदूत यान्छी र नेकपा अध्यक्ष दाहालबीच भेटवार्ता


0
Shares

काठमाडौं । नेपालका लागि चिनियाँ राजदुत हाउ यान्छीले पछिल्लो समय नेकपाका नेताहरुसंगको भेटवार्तालाई तिव्रता दिनुभएको छ ।

यसैवीच हिजो उहाँले नेकपा अध्यक्ष पुष्पकमल दाहालसंग भेटेर समयसामयीक राजनीति विषयमा छलफल गर्नुभएको छ ।

राजदूतले दाहालकै निवास खुमलटार गएर भेट गर्नुभएको हो । भेटवार्तामा दुई मुलुकका साँझा चासाको विषयमा छलफल भएको बताइएको छ ।

नेकपा भित्र विवाद चर्कदै गएपछि राजदुत यान्छीले नेताहरुसँगको भेटवार्तालाई तिव्रता दिनुभएको हो ।

यसअघिपनि उहाँले गत आइतवार नेता माधवकुमार नेपाल र गत मंगलवार नेता झलनाथ खनालसंग भेटवार्ता गर्नुभएको थियो ।