स्याङ्जा, असार २५ । प्रधानमन्त्री केपी ओलीको समर्थनमा स्याङ्जामा प्रदर्शन गरिएको छ ।
जनमतको कदर गर्दै प्रधानमन्त्री केपी ओलीलाई पूरा कार्यकाल काम दिन माग गर्दै स्याङ्जामा प्रदर्शन गरिएको हो ।
स्याङ्जा सदरमुकास्थित बसपार्कबाट सुरु भएको प्रदर्शन सहिदचोक, प्रगतिनगर, बाडखोला हँदै पुनः सहिदचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्ने युवाहरुले प्रधानमन्त्री केपी ओलीको राजिनामा माग गर्नेहरु भारतीय दलाल भएको आरोप लगाएका थिए ।
प्रदर्शनमा सहभागि पुतलीबजार नगरपालिका क्षेत्रका युवाहरुको बाहुल्यता थियो ।
उनीहरु प्रधानमन्त्री केपी ओलीको तस्बिर र राष्ट्रिय झण्डा लिएर प्रदर्शनमा उत्रिएका थिए ।
प्रतिक्रिया दिनुहोस्