Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


बजेट वितरणमुखीमात्रै : कांग्रेस, तार्किक बहस गर्न निर्देशन


0
Shares

काठमाडौं, जेठ १६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले बुधबार सार्वजनिक गरेको बजेट वितरणमुखीमात्रै भएको आरोप लगाएको छ ।

बिहीबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले बजेटले सबै क्षेत्रलाई हतोत्साही बनाउने भन्दै उत्पादनमा जोड नदिएको बजेटले मुलुकलाई समृद्ध बनाउन नसक्ने ठहर गरेको हो ।

पार्टीनिकट आर्थिक विज्ञहरुसमेत सहभागी बैठकमा बजेटले संघीयतालाई आत्मसाथ गर्न नसकेको ठहर गरेको छ ।

बजेट जनमैत्री आउन नसकेको, विकास निर्माणको कामलाई प्राथमिकतामा नराखिएको, कार्यान्वयन हुने ‘ग्यारेन्टी’ नदेखिएको आरोप कांग्रेसको छ ।

कांग्रेसले बजेटलाई स्रोतविहीन भन्दै यसबारे संसदमा तार्किक बहस गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

बैठकमा पूर्वअर्थमन्त्री डा. रामशरण महत, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा. गोविन्द पोखरेल र स्वर्णिम वाग्लेलगायतकासँग छलफलसमेत गरिएको थियो ।