काठमाडौं, असार २५ । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेकोप्रति भारतले औपचारिक कुटनीटिक पत्र पठाएर विरोध जनाएको छ ।
राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबार बसेको बैठकमा सभापति रामनारायण बिडारीले भारतले कुटनीतिक नोट लेखेर विरोध गरेको जानकारी दिनुभयो ।
समिति सभापति बिडारीले भारतले पठाएको कुटनीतिक नोटको बारेमा परारष्ट्र मन्त्रालयले जानकारी दिएको बताउनुभयो ।
यसअघि भारत सरकारले नेपाललाई कूटनीतिक नोट पठाएर विरोध जनाएको बारे सरकारले औपचारिक जानकारी भने दिएको थिएन ।
भारतले नेपाली भूमिलाई आफ्नो भन्दै नयाँ नक्सा जारी गरेपछि नेपालको पराराष्ट्र मन्त्रालयले वार्ताको लागि तीन पटक पत्र लेखेपनि भारत सरकारले चासो दिएको थिएन ।
नेपालले विवादित भूमि कालापानी लिपुलेक र लिम्पीयाधुरासहितको नयाँ नक्सा जारी गरेपछि भने भारत सरकारले विरोध जनाउँदै कुटनीतिक पत्र लेखेको हो ।
प्रतिक्रिया दिनुहोस्