१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


भारतमा कोरोनाबाट २० हजारभन्दा बढीको मृत्यु, संक्रमितको संख्या ह्वात्तै बढ्दो


0
Shares

काठमाडौं, असार २३ । कोरोना भाइरसबाट तेस्रो उच्च संक्रमित मुलुक बनेको भारतमा कोभिड–१९ कै कारण मृत्यु हुनेको संख्या २० हजार नाघेको छ ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार १८४ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४६७ जनाको मृत्यु भएको छ ।

संक्रमित हुनेको संख्यासात लाख नाघेर सात लाख २१ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा २२ हजार २५२ नयाँ संक्रमित फेला परेका जनाइएको छ ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा दुई लाख ११ हजारभन्दा बढी संक्रमित पुगेका छन् भने नौ हजार २६ जनाको मृत्यु भएको छ ।

तामिलनाडुमा पनि एक लाख १४ हजारभन्दा धेरै संक्रमित भेटिँदा एक हजार ५७१ जनाको मृत्यु भएको छ । दिल्लीमा एक लाखभन्दा धेरै संक्रमित फेला परेका छन् भने तीन हजार ११५ जनाको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशमा २८ हजारभन्दा बढी संक्रमितहुँदा ८०९ जनाको मृत्यु भएको छ भने बिहारमा १२ हजारभन्दा धेरै संक्रमित हुँदा ९७ जनाको मृत्यु भएको जनाइएको छ ।