२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


सुनको मास्क लगाउने शंकर : जो एकाएक भाइरल भए


0
Shares

काठमाडौं । कोरोना भाइरस प्रकोपबाट बच्न मास्क अनिवार्य गरिएको छ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले मास्क प्रयोग गर्न पनि मापदण्ड तयार पारेको छ । तर भारतका एक व्यापारीले भाइरसबाट बच्न सुनको मास्क नै लगाएका छन् ।

४ लाख ७७ हजार नेपाली रुपैयाँमा उनले मास्क खरिद गरेका हुन् जहाँ सुन जडान गरिएको छ । सुन जडित उक्त सुनौलो मास्क बनाउन ८ दिन लागेको बताइएको छ।

यस्तो सौख प्रस्तुत गर्ने व्यक्ति हुन भारत महाराष्ट्रस्थित पुनेका व्यापारी शंकर कुरहादे । उनी गहनाका सौखिन हुन् । शरीरभर विभिन्न गहनाहरु लगाएरै हिंडछन ।

४९ वर्षका उनले झन्डै एक केजी बराबरको सुन शरीरमा पहिरिएका छन् । औंठी, ब्रासलेट, नेकलेस सुनकै लगाएका उनले मास्क पनि सुनकै लगाएका हुन्।

‘यो मास्क पातलो छ भने यसमा स-साना प्वालहरु छन्, जसले मलाई श्वास फेर्न सहयोग गर्छ,’ ती व्यवसायीले अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीलाई भनेका छन् ।

‘मलाई यकिन छैन कि यसले कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउँछ वा जोगाउँदैन, तर मैले यसबारेमा अन्यबाट सुझाव पनि लिइरहेको छु,’ शंकरले भने ।

हाल उनीसँग मानिसहरु सेल्फी खिचाउन रुचाउँछन्। सामाजिक संजालमा उनको तस्बिरहरु भाइरल भइरहेका छन् । (एजेन्सी)