Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


अवैध मल बोकेको ट्रयाक्टरसहित पाँचजना पक्राउ


0
Shares

लहान, असार १९ । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको एक ट्रयाक्टर मलसहित प्रहरीले शुक्रबार पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–११ निवासी ३३ वर्षीय राजेश कार्की, सोही ठाउँका १७ वर्षीय पुष्प कार्की, त्रियुगा–३ निवासी १९ वर्षीय अनिल चौधरी, त्रियुगा–१४ निवासी २६ वर्षीय मनोज राई र खोटाङको दिछु गाउँपालिका–३ निवासी जीवनज्योति राई रहेको प्रहरीले जनाएको छ ।

भारतबाट ना६त १९०५ नम्बरको ट्रयाक्टरमा मल लोड गरी लहानतर्फ ल्याइरहेको गोप्य सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरी टोलीले सखुवानन्कारकट्टी गाउँपालिका–४ खरवौना चौकबाट मल बोकेको ट्रयाक्टरसहित पाँचै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार क्षेत्री थापाले जानकारी दिनुभयो ।

पक्राउ परेको ट्रयाक्टरबाट ३२ बोरा युरिया मल, दुई बोरा चिनी, नौ बोरा चिउरा र दुई बोरा सुर्ती बरामद् भएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

आवश्यक कारवाहीका लागि ट्याक्टर, अवैध समान र पाँचै जनालाई ठाडी भन्सार कार्यालय इनर्वा पठाइएको प्रहरीले जनाएको छ । रासस