Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


भैंसी चराउन गएकी बालिका मृत फेला


0
Shares

जनकपुरधाम, असार १९ । जनकपुरधाम उपमहानगरपालिकाकी तीन दिनअघि बेपत्ता भएकी एक बालिका शुक्रबार मृतावस्थामा फेला परेकी छिन् ।

वडा नं २१ को कुर्था बस्ने विनोद पजियारकी छोरी ११ वर्षीया कञ्चन बुधवारदेखि हराएपछि शुक्रबार आफ्नो घरभन्दा एक किलोमिटर टाढा दूधमति नदीको किनारमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनी बुधवार बिहान ११ बजे भैंसी चराउन निस्केपछि घर नफर्केको जनाइएको छ ।

उनको शव पोष्टमाष्र्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ । रासस