Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


‘संघीय सरकारको तुलनामा स्थानीय सरकारहरुद्वारा विकास निर्माणका धेरै काम’


0
Shares

काठमाडौं, जेठ १३ । गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले संघीय सरकारको तुलनामा स्थानीय सरकारहरुले विकास निर्माणका धेरै काम गरेको दाबी गरेका छन् ।

महासंघले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले नयाँ संरचना र विभिन्न समस्यामाझ पनि दुई वर्षको अवधिमा धेरै काम गर्न सकेको दाबी गरे ।

गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङले संघीय सरकारले ऐन बनाउँदा स्थानीय सरकारसँग समन्यय नगरेको गुनासो गरे ।

कार्यक्रममा पूर्वसचिव खेमराज नेपालले तीनै तहबीच प्राकृतिक स्रोतको उपभोगमा नीतिगत अस्पस्टता रहेको बताए ।