
काठमाडौं । आज पुनः सुनको मूल्य उकालो लागेको छ ।अन्तर्राष्ट्रिय बजार पछ्याउँदै आज स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सयले उकालो लागेर ९१ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो प्रतितोला ९१ हजार २ सयमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मुल्य पनि उकालो लागेको छ । चाँदी १५ रुपैयाँले उकालो लागेर ९ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मूल्य बढेयता सुनचाँदीको कारोबारमा मन्दी आएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔन्स १८ सय ५ डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्