२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नागरिकको सुरक्षा र न्यायका लागि प्रहरी सधैं तयारः प्रहरी महानिरीक्षक ज्ञवाली


0
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले नागरिकको सुरक्षामा प्रहरी सधैं तयार रहेको बताउनुभएको छ ।

महानगरीय प्रहरी परीसर ललितपुरको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक ज्ञवालीले अन्यायमा परेका नागरिककको न्यायका लागि प्रहरी सधैं तयार रहेको बताउनुभएको हो ।

पुननिर्माण प्राधिकरणको सहयोगमा ८ करोड ३१ लाख रुपैयाँको लागतमा चार तले भवन निर्माण गरिएको हो ।

नयाँ भवन निर्माण भएसँगै प्रहरीलाई दैनिक गतिविधि गर्न सहज हुने बताइएको छ । कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्‍याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।