२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


काठमाडौंमा सलह


0
Shares

काठमाडौं, असार १६ । काठमाडौंको विभिन्न स्थानमा मंगलबार सलह देखिएको छ ।

न्यूरोड, इन्द्रचोक, बाङ्गेमुढा, बालाजु, नयाँ बजार, ताहाचल, बाफल लगायतका स्थानमा सलह देखिएको हो ।

आकाशमा ठुलो संख्यामा सलह उडेको देखेको न्युरोड निवासी मनोज मानन्धर र सानेपा निवासी सुधा डंगोलले जानकारी दिनुभयो ।

आकासमा सलह देखिएपछि काग र अन्य पंक्षले सलह तिपेर खाएको देखिएको समेत प्रत्यक्षदर्शीले बताएका छन् ।

आकाशमा ठूलो संख्यामा सलह देखिएपछि बटुवाहरुले बाटोमै बसेर हेरेका थिए ।