
काठमाडौं, जेठ १२ । सनराइज बैंकले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पुर्याउँदै जाने उद्देश्यका साथ एकैपटक ४ वटा शाखारहित बैंकिङ सेवा शुरू गरेको छ ।
बैंकले रुपन्देहीको पर्साहवा र ओमसतिया गाँउपालिका, मझौली, महोत्तरीको बर्दिवास, खयरमारा र सिराहाको रामपुर बजारमा शाखारहित बैंकिङ सेवा शुरू गरेको जनाएको छ ।
पोइन्ट अफ सेल्स मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्