२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


शेयर बजारमा दोहोरो अंकको गिरावट


0
Shares

काठमाडौं, जेठ १२ । साताको पहिलो दिन आईतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आयो । कारोबार पनि पछिल्ला दिनका तुलनामा न्यून रह्यो ।

उतारचढावबीच बजार परिसुचक नेप्से ११ अंकले ओरालो लागेर १३०२ अंकमा आई थामियो । कारोबार भएका सबै समूह ओरालो लागेसँगै नेप्से पनि ओर्लिएको हो ।

यसदिन जीवन बिमा समूह सबैभन्दा उच्च ३८ अंकले झ¥यो । होटल, विकास बैंक, निर्जीवन बिमा, अन्य र जलविद्युत समूहमा पनि दोहोरो अंकको गिरावट आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीको २ लाख ५४ हजार कित्ता शेयर जम्मा ६२ करोड ६२ लाखमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।