१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


प्रधानमन्त्रीले हावामा मुक्का हानेर अन्तरर्राष्ट्रिय सम्बन्ध बिगार्न खोजेको : भट्टराई


0
Shares

काठमाडौं, असार १६ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्र केपी शर्मा ओलीले हावामा मुक्का चलाएर अन्तरर्राष्ट्रिय सम्बन्ध बिगार्न खोजेको आरोप लगाउनुभएको छ ।

संसीय समितिले हिजो पारित गरेको नागरिकता सम्बन्धि विधेयकको विरोधमा काठमाडौंमा आज भएको कार्यक्रममा नेता डाक्टर भट्टराईले प्रधानमन्त्री आफैं चीन, भरत र अमेरिकासँगको सम्बन्ध बिगार्न लागिपरेको टिप्पणी गर्नुभयो ।

उहाँले आफूलाई हटाउन खोजेको सचना पाउने प्रधानमन्त्रीले राजदुतलाई बोलाएर स्पष्टिकरण सोध्न नसक्नु प्रधानमन्त्रीको लाचारी भएको बताउनुभयो ।

नेता भट्टराईले प्रधानमन्त्री ओलीले आफ्ना कमजोरी ढाकछोप गर्न नागरिकता विधेयक ल्याएको टिप्पणी गर्नुभयो ।

वैवाहिक अंगिकृत नागरिकताको विषय विशिष्टकृत भएकाले दलीय सहमतिबिना समितिबाट विधेयक पारित गर्नु गलत भएको दावी गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले संविधान जारी गर्दा नै भएको कमजोरीलाई सरकारले पुन दोहोर्‍याएकाले राष्ट्रिय एकताविरुद्ध नागरिकता विधेयक अघि बढाइएको तर्क गर्नुभयो ।

कार्यक्रमा नेता अशोक राईले वि. स. २०६३ सालमा दलहरुकै सहमतिमा ल्याएको प्रावधानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

यसअघि माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

विरोध कार्यक्रममा जनता समाजवादी पार्टीका शीर्ष नेताहरु सहभागी थिए ।