२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


अब घरलाई शिक्षा आर्जन गर्ने थलो बनाउनुपर्छ : शिक्षामन्त्री


0
Shares

काठमाडौं, असार १५ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोना (कोभिड १९) को विश्वव्यापी महामारीका कारण उत्पन्न जटिलतालाई मध्यनजर गर्दै शिक्षालाई प्रविधिसँग जोडन त्रिभुवन विश्वविद्यालयले गरेको प्रयत्नलाई सार्थक बनाउन सुझाव दिनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयको ६१औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षाको परम्परागत शैलीमा आमुल परिवर्तन गरी घरलाई शिक्षा आर्जन गर्ने स्थानको रुपमा परिणत गर्दै लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रमपछि ईमेज च्यानलसंग कुरा गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले त्रिविलाई विज्ञान प्रविधिमैत्री बनाउन त्रि.वि.को मेन डोमेन बनाई सवै निकाय तथा क्याम्पसहरुको आफनै सवडोमेन बनाएर ५ लाख शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको इमेल बनाउने अभियानमा जुटेको बताउनुभयो ।

४६ औँ दीक्षान्त समारोह आगामी पुस महिनाभित्र गर्ने बताइएको छ ।