
सुर्खेत, असार १५ । कर्णालीमा ३९ प्रतिशत धान रोपाइँ सकिएको छ ।
कर्णालीको धान उत्पादनमा हुने जम्मा ४९ हजार ४ सय २५ हेक्टरमध्ये हालसम्म १९ हजार १ सय १७ हेक्टरमा धान रोपाइँ सकिएको कृषि विकास निर्देशानलयका वाली विकास अधिकृत यामबहादुर रानाले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार डोल्पा जिल्लामा शतप्रतिशत धान रोपाइँ भएको छ भने जुम्ला जिल्लामा ९७ प्रतिशत धान रोपाइँ सकिएको छ ।
सुर्खेत र दैलेखमा समान १५ प्रतिशत, सल्यानमा ६५ प्रतिशत, जाजरकोटमा ६५ प्रतिशत, कालिकोटमा २७ प्रतिशत, हुम्लामा ७५ प्रतिशत, मुगुमा ६२ प्रतिशत, रुकुमपश्चिममा ३६ प्रतिशत रोपाइँ सकिएको छ ।
कर्णालीमा असार १५ गते धान दिवसका अवसरमा बिदा दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्