
काठमाडौं, असार १५ । भक्तपुरको ग हिटी टोलमा रहेको पाटीमा एक जनाको शव फेला परेको छ ।
हत्या गरेर छोपी राखेको अवस्थामा प्रहरीले करिब ४५ वर्षका पुरुषको शव फेला पारेको हो ।
मृतकको अनुहार र चिउँडोमा चोट रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मृतकसँगै बस्ने सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका ६ का इन्द्र बहादुर तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्