१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


पहिरोले महाकाली राजमार्ग अवरुद्ध


0
Shares

बैतडी, असार १५ । पहिरोका कारण महाकाली राजमार्ग सोमबार बिहानदेखि अवरुद्ध भएको छ ।

गोकुलेश्वर–दार्चुला सडकखण्डको पनेबाँजमा पहिरोले राजमार्ग अवरुद्ध भएको हो ।

सडक माथिबाट खसेको पहिरोले करिव ५० मिटर सडकमा क्षति पुग्नुका साथै सडकको ग्याभिन वाल पनि भत्किएको प्रहरीले जनाएको छ ।

सडक भत्किएपछि सवारी साधन आवतजावतमा समस्या भएको छ ।

सडक अबरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् ।