
काठमाडौं, असार १४ । रुकुम पश्चिमको सोती घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले आइतबार काठमाडौंमा विरोध र्याली निकालेको छ ।
विरोध र्यालीका सहभागीहरुले घटनालाई जातीय नरसंहारको रुपमा लिएर दोषीहरुमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेका छन् ।
विरोध र्यालीपछि भएको सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले जातका आधारमा गरिने सबैखाले विभेदविरुद्ध एकजुट हुन आह्वान गर्नुभयो ।
उहाँले सत्तारुढ दल नेकपा रुकुम घटनामा संलग्नलाई संरक्षण गर्न लागिपरेको आरोप लगाउनुभयो ।
सभामा सहभागी अन्य दलका प्रतिनिधिहरुले कुनैपनि बहानामा घटनाका दोषीलाई उन्मुक्ति नदिन चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्