
सुर्खेत, असार १४ । कोरोना भाइरस परीक्षणका लागि कर्णाली प्रदेश सरकारले प्रयोगमा ल्याएको आरटी पिसिआर मेसिन बिग्रिएको छ ।
प्रदेश अस्पताल सुर्खेतमा प्रयोग गरिंदै आएको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसीआर मेसिन शुक्रबारदेखि बिग्रिएको हो ।
सो मेसिनबाट दैनिक करिब चार सय स्वाबको परीक्षण हुदै आएको थियो ।
प्रयोगशाला प्रमुख ओम आचार्यका अनुसार मसिन मर्मतका लागि पहल थालिएको छ ।
मेसिन बिग्रिएपछि अत्यावश्यक व्यक्तिको अर्काे पोर्टेबल पीसीआर मेसिनबाट परीक्षण भइरहेको छ ।
प्रयोगशालामा १ हजार बढी स्वाब प्ररिक्षण गर्न बाँकी रहेको बेला मसिन विग्रिएको हो ।
केही स्वाबहरु परिक्षणका लागि जुम्ला र छिमेकी जिल्लामा पठाउने तयारी गरिएको छ ।
कोरोना परीक्षणका लागि कर्णाली प्रदेशमा तीन वटा ठूला र एउटा सानो गरी चार वटा मेसिन छन् ।
असार ५ गते दैलेखमा भित्रिएको पीसीआर मेसिन पनि सञ्चालनमा आउन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्