Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


सलहको प्रतिकिलो २५ रुपैयाँ दिने सुदूरपश्चिम सरकारको निर्णय


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, असार १४ । सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अनिकाल निम्त्याउने एक किलो सलह किरा ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको छ ।

आइतबार धान दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलन उक्त निर्णय भएको जानकारी दिइएको हो ।

सलह किराले पुर्‍याउनसक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोको २५ रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो ।