
लमजुङ । मस्र्याङदी गाउँपालिकामा आलु उत्पादनले व्यवसायिकता पाउन थालेको छ । आलुमा आत्मनिर्भर बन्न गाउँपालिकाका विभिन्न क्षेत्रलाई पकेट क्षेत्र बनाएर खेती गरिएको छ ।
मस्र्याङदी गाउँपालिकाको छिनखोला, लुदी र ताराचोक लगायतका स्थानमा करीव दुईसय रोपनी क्षेत्रमा व्यवसायिक आलु खेती गरिएको छ । यहाँको भुष्मे, जिम्दु लगायतका क्षेत्रमा यसअघि आलुको व्यवसायिक खेती हुँदै आएको थियो ।
कृषिलाई विशेष प्राथमिकता दिएर मस्र्याङदी गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउने कार्यमा लागेको उपाध्यक्ष होमबहादुर विकले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्