
काठमाडौं । इरानको इस्लामिक रेबोल्युसनरी गार्डर्स कर्पस् आईआरजीले चारवटा नयाँ सैन्य हतियारहरु सार्वजनिक गरेको छ ।
जसमा एक जासुसी ड्रोन पनि रहेको छ । जुन १२ हजार फिटको उचाइसम्म पहुँच राख्ने क्षमताको छ ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले इरानमाथि लगाइएको हतियार प्रतिबन्धको समय सीमा बढाउने चर्चा चलिरहेकै बेला इरानले नयाँ प्रविधीको हतियार सार्वजनिक गरेको हो ।
आईआरजीसीका कमान्ड म्यानेजर जनरल हुुसैन सलामीले पत्रकार सम्मेलन मार्फत हतियार सार्वजनिक गर्दै इरान आधुनिक हतियारले सुसम्पन्न राष्ट्र भएको प्रतिक्रिया दिनुभएको छ ।
सार्वजनिक गरिएको हतियारहरुमा बीटीआर ५० ट्यांक पनि छन् जुन अन्य राष्ट्रको तुलनामा निकै नयाँ हो ।
मेजर जनरल सलामीले इरान एक शक्ति राष्ट्रको रुपमा स्थापित भइसकेको ठोकुवा गर्दै संयुक्त राष्ट्रसंघले आफनो देशमाथि लगाएको हतियार प्रतिबन्धले केही फरक नपर्ने जिकिर गर्नुभयो ।
यद्यपी, उहाँँले अमेरिका र अमेरिकाको सहयोगी राष्ट्रहरुबाट आफूहरु खतरामा रहेको भन्दै आफना देशका बैज्ञानिकहरुले सैन्य सामग्री तयार पार्नमा जुटेको बताउनुभयो ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्