२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


गोन्द्राङको ढाट तत्काल नहट्ने


0
Shares

चितवन, जेठ ११ । चितवनको भरतपुर महानगरपालिका–१२ स्थित गोन्द्राङमा रहेको सडक उपभोग दस्तुर संकलन केन्द्र (ढाट) तत्कालका लागि नहट्ने भएको छ ।

सडक बोर्डले तत्कालका लागि ढाट नहटाउन रकम संकलनको जिम्मा पाएको ब्रिटानिक मौला कालिका कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिलाई पत्र पठाएपछि तत्कालका लागि ढाट नहट्ने भएको हो ।

सम्झौताअनुसार गोन्द्राङमा ढाट राखेर दस्तुर संकलन गर्न पत्र आएको सन्चालक अमृत भट्टचनले बताए ।

शून्य दूरीमा ढाट राख्नुपर्ने भन्दै स्थानीयले स्थानान्तरणको माग गर्दै आएका छन् ।

आक्रोशित स्थानीय र व्यवसायीले केही दिनअघि दस्तुर संकलन केन्द्रमा आगजनीसमेत गरेका थिए ।

गोन्द्राङमा ढाट राख्दा पूर्वी चितवनवासी सदरमुकाम आवत–जावत गर्दासमेत रकम तिर्न बाध्य छन् ।