Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


पब्जीजस्ता खेल खेल्न नेपालीको १२ करोडभन्दा बढी रकम विदेश


0
Shares

काठमाडौं । पब्जी, फिफाजस्ता ई–गेम खेल्न नेपालीले वर्षमा करिब १२ करोड रुपैयाँ विदेश पठाउने गरेको खुलेको छ ।

युवापुस्तामा लोकप्रिय फिफा, डोटा, काउन्टर स्ट्राइक, पब्जीलगायतका खेलहरू खेल्न युवाले करोडौँ रुपैयाँ अनधिकृत रूपमा विदेश पठाउने गरेका हुन् ।

ई–गेम खेल्ने क्रममा खेलसँग सम्बन्धित कतिपय डिजिटल सामग्री अनलाइन खरिद गर्दा यो रकम जाने गरेको छ ।

नेपालमा एक लाखभन्दा बढी युवाले ई–गेम खेल्ने भए पनि १० हजारभन्दा बढीले भने रकम नै खर्च गर्ने गरेको नेपाल ई–स्पोर्ट्स एसोसिएसनका अध्यक्ष सुरज डंगोलले बताए ।

काठमाडौंसहित मुलुकका प्रमुख सहर हेटौँडा, पोखरा, धरानलगायतका स्थानबाट ठूलो संख्यामा युवाहरूले ई–गेमिङमा सहभागिता जनाउने गरेको उनको भनाइ छ ।

‘विश्वमा यो क्षेत्रमा खर्बौँ रकमको लगानी भइसकेको छ,’ डंगोलले भने, ‘नेपालमा समेत वर्षमा एक लाखभन्दा बढी खर्च गरेर खेल खेल्ने पनि छन्, तर रकम खर्च गर्ने १० हजार खेलाडीले औसतमा एक सय डलर अर्थात् १२ हजार रुपैयाँ खर्च गर्ने अनुमान छ ।’

अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धामै भाग लिने खेलाडीको संख्या भने एक हजार हाराहारी रहेको उनको भनाइ छ । –नयाँ पत्रिका दैनिकबाट