१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


विराटनगर डुवानमा, सुकुम्बासीको बिचल्ली


0
Shares

विराटनगर, असार ११ । बिहीबार बिहानदेखि परेको अविरल वर्षाले विराटनगर जलमग्न भएको छ ।

महानगर क्षेत्रका सडक, बसर्पाक र सुकुम्बासी बस्ती जलमग्न भएको हो ।

विराटनगर महानगरपालिका वडा नं. १२ र १९ मा रहेका सुकुम्बासी बस्तीमा डुवानको बढी असर भएको छ ।

डुवानमा परेका स्थानियहरुको विचल्ली भएको छ ।

पिडीतहरु कसरी पेट भर्ने र रात कसरी विताउने भन्ने चिन्तामा छन ।

डुवानमा परेका पिडितहरुलाई उद्धार र राहात दिने काम भएको छैन ।