
तस्वीरः प्रधानमन्त्रीको सचिवालय ।
काठमाडौं, असार १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रसमेत हेर्नेगरी ऐन संशोधन गर्न लागेको विषयमा सत्तारुढ दल नेकपामा विरोध भएपछि त्यसलाई तत्काल रोक्ने सहमति बनेको छ ।
बुधबारदेखि सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा उक्त विषयमा नेताहरुले कुरा उठाएपछि तत्काल राष्ट्रियसभामा पेस भएको विधेयक अगाडि नबढाउन निर्देशन दिने सहमति भएको हो ।
विधेयकमा संविधानभन्दा माथि राखेर अख्तियारलाई अधिकार दिन खोजिएको भन्दै त्यसलाई अहिले रोक्ने र सबै पार्टीहरुसँग छलफल गर्ने सहमति जुटेको हो ।
सरकारले राष्ट्रियसभामा पेस गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक विधायन समितिले यथावतै राष्ट्रियसभामा पेस गरेको हो ।
प्रतिक्रिया दिनुहोस्