२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


अस्ट्रेलियामा दुईजना नेपाली जेल चलान


0
Shares

काठमाडौं, असार १० । अस्ट्रेलियाको सिड्नीमा ठगि आरोपमा दुईजना नेपाली जेल चलान भएका छन् ।

सिड्नीकी एक वृद्धासँग हजारौं डलर ठगि गरेको आरोपमा उनीहरुलाई जेल चलान गरिएको हो ।

जेल चलान गरिएका नेपालीहरुमा नेहा गिरी र आयुष भट्टराई रहेका छन् ।

उनीहरुले ८५ वर्षकी एक वृद्धालाई झुक्याएर हजारौं डलर ठगि गरेको आरोप छ ।

उनीहरुले बैंकबाट बोलेको भन्दै वृद्धाको बैंक खाता रोक्का भएको बताउँदै एक कुरियरलाई ३ हजार डलर माग गरेको थियो ।

ती वृद्धाले कुृरियरमार्फत ३ हजार डलर दिएपनि पछिल्लो पटक पुन ५ हजार डलर मागेपछि प्रहरीलाई खबर गरेलगत्तै उनीहरु पक्राउ परेका हुन् ।

अनुसन्धानमा भारतमा आधारित रहेर अस्ट्रेलियामा सक्रिय सदस्यहरुबाट ठगि धन्दा चलाइरहेको गिरोहबारे खुलासा भएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

यो गिरोहले अस्ट्रेलियामा झुक्याएर ठगि गर्ने र र विद्युतीय माध्यमबाट विदेश पठाउने गरिरहेको पनि खुलासा भएको छ ।