Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


होटल संघको १४ बुँदे सुझाव


0
Shares

काठमाडौं, जेठ ९ । पर्यटन उद्योगको विकासका लागि होटल संघ नेपालले आगामी आर्थिक वर्षको बजेटका लागि १४ बुँदे सुझाव प्रस्तुत् गरेको छ ।

संघले प्रतिकूल अवस्थाका बाबजुद् क्रमिकरुपमा सुदृढ र मजबुत् हुँदै गएको निजी क्षेत्रको खर्बौं लगानी भइ अर्बौैंको राजश्व तिर्दै आएको पर्यटन क्षेत्रलाई थप बलियो बनाउन संघको सुझाव समेटिने विश्वास ‘हान’को छ ।

संघले प्राकृतिक व्यक्तिहरुका लागि भएका खर्चको हिसाब–किताब राख्न पाउनुपर्ने, करदातालाई छिटो–छरितो मूल्य अभिवृद्धि कर फिर्ता पाउने व्यवस्थामा सुधार गर्नुपर्ने, विभिन्न कर कार्यालयहरुले आन्तरिक परिपत्रको आधारमा आयकर ऐनअनुसार पाउनुपर्ने सुविधालाई बेवास्ता गरी परिपत्रको आधारमा एकतर्फी आयकर निर्धारण गर्ने प्रचलनको अन्त्य गर्न सुझाव दिएको छ ।

यस्तै, विदेशी पार्टीहरुलाई एक लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्दा पर्यटन विभागको सिफारिस चाहिने परिपाटीको अन्त्य गरी ‘इनभोइस’ र ‘कन्ट्याक्ट’को आधारमा भुक्तानी गर्नसक्ने व्यवस्था यथावत् राख्नुपर्ने, होटल तथा रेस्टुराँले बिक्री गर्ने खाद्यजन्य वस्तुहरुमा मूल्य अभिवृद्धि करमा छुट हुनुपर्ने, क्यासिनोको रोयल्टीको विषयमा पुनर्विचार गर्न पनि संघले माग गरेको छ ।