
काठमाडौं, जेठ ९ । साताको अन्तिम दिन बिहीबार नेप्से सामान्य अंकले ऋणात्मक रह्यो भने कारोबार उच्च नै रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ५ अंकले ऋणात्मक रहेर १३ सय १४ मा आइ थामियो ।
यसदिन होटल, निर्जीवन, अन्य, लघुवित्त र सामूहिक लगानी कोषमा सामान्य सुधार आयो भने वाणिज्य बैंक, विकास बैंक, व्यापार, जलविद्युत्, वित्त, उत्पादनमूलक र जीवनबिमा समूहमा गिरावट आयो ।
जलविद्युत् समूह सबैभन्दा उच्च करिब ६५ अंकले झर्यो भने होटल समूहमा करिब ३६ अंकको सुधार आयो ।
यसदिन १७० कम्पनीका २९ लाख ४३ हजार कित्ता सेयर ९३ करोड २६ लाख रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्