
काठमाडौं, असार १० । कोरोनाको महामारीका कारण अमेरिकामा रहेका करिब तीन सय नेपाली बुधबार स्वदेश फर्कँदै छन् ।
उनीहरु तीन महिनादेखि स्वदेश फर्कन पाएका थिएनन् ।
टर्कीस एयरलाइन्सको विमानबाट उनीहरु स्वदेश फर्किएका हुन् ।
अमेरिकास्थित नेपाली महावाणिज्यदुत पुष्पराज भट्टराईका अनुसार ३८१ जना नेपाली स्थानीय समय अनुसार बुधबार बिहान सवा १० बजे नेपालका लागि प्रस्थान गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्