
दाङ, असार १० । दाङमा कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाइ हुँदा ‘क्वारेन्टिन’मा बसेकाहरु आक्रोशित भएका छन् ।
दाङका १० वटै स्थानीय तहहरुमा तीन हजार ८४५ जना क्वारेन्टिनमा बसेका छन् ।
क्वारेन्टिनमा बसेकामध्ये अधिकांशको रिपोर्ट एक महिनासम्म नआउँदा आक्रोशित भएका हुन् ।
स्वाब संकलन गरी कोरोना परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाएको करिब महिना हुँदा पनि रिपोर्ट नआएपछि क्वारेन्टिनमै नबस्ने उनीहरुले चेतावनी दिएका छन् ।
यता, विश्व स्वास्थ्य संगठनले १४ दिन क्वारेन्टिनमा बसेकालाई लक्षण नदेखिए घर पठाउन सकिने बताएपनि ‘पीसीआर’ परीक्षण नगरी घर नपठाउने निर्णय गरेको घोराही उपमहानरपालिकाका प्रवक्ता भरतमणि अर्यालले बताउनुभयो ।
भारतबाट एकैपटक धेरै व्यक्ति आएको र कोरोना परीक्षणका लागि पीसीआर मेसिन एउटामात्र भएकाले समय लागेको प्रवक्ता अर्यालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्