Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


पेटभित्रै बच्चाको मृत्यु भए पछि गर्भवतीको हवाई उद्धार


0
Shares

काठमाडौं । खोटाङकी एक गर्भवतीको हवाई उद्धार गरि थपउपचारका लागिकाठमाडौं ल्याइएको छ ।

पेट भित्रै बच्चा मृत अवस्थामा भेटिएपछि गम्भीर विरामी परेकी केपीलासगढी गाउँपालिका–२की मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

गत सोमबार (८ गते) राति सुत्केरी बेथाले च्यापेपछि जिल्ला अस्पतालमा खोटाङमा भर्ना भएकी मन्दिराको पेटमै बच्चा मृत अवस्थामा रहेको पाइएपछि उपचारका लागि मंगलबार अपरान्ह (हिजो) काठमाडौं ‘रिफर’गरिएको अस्पतालका मेडिकल अधिकृत डा. नारायण बरालले जानकारी दिनुभयो ।

अहिले उनको थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालमा उपचार भईरहेको छ ।

सुत्केरी व्यथाले च्यापेर सिकिस्त भएकी उनलाई निःशुल्क हवाई उद्धार गरी उपचारको व्यवस्था मिलाइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रपति महिला उत्थान समन्वय इकाइकी प्रमुख अञ्जु ढुंगानाले बताउनु भयो ।

राष्ट्रपति महिलाउत्थान कार्यक्रमले दूर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई निःशुल्क हवाई उद्धार गर्दै आएको छ ।

लकडाउनको यस अवधिमा मात्रै १८ जना गर्भवती तथा सुत्केरीहरुको उद्धार गरिएको पनि ईकाई प्रमुख ढुंगानाले बताउनु भयो ।

यसैबीच, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीमा कुनै समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहलाई सम्पर्क गरेर उनीहरुको जीवन रक्षाका लागि पहल गरिदिन सबैलाई पुनःआह्वान गर्नु भएको छ ।

मन्त्रालयले सम्बन्धित जिल्ला प्रमुख जिल्ला अधिकारी, स्थानीय तह वा स्वास्थ्य संस्थाको सिफारिसमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका उनीहरुको निःशुल्क हवाई उद्धार गर्दछ ।