Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


धनगढी उपमहानगरद्वारा ‘आइसोलेसन’ कक्ष निर्माण


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, असार ९ । धनगढी उपमहानगरपालिकाले २८ बेड क्षमताको ‘आइसोलेसन’ कक्ष निर्माण गरेको छ ।

देशमा कोरोना संक्रमित बढ्दै गएपछि नेपाल सरकारले स्थानीय तहलाई आइसोलेसन कक्ष निर्माणका लागि आग्रह गरेको थियो ।

धनगढी उपमहानगरले वडा नम्बर–१५, कनरीमा आफ्नो छुट्टै आइसोलेसन कक्ष निर्माण गरेको हो ।

धनगढी उपमहानगरका प्रमुुख नृपबहादुर वडले आफ्ना नगरका संक्रमितलाई घर नफर्काइ सुरक्षित तवरबाट पालिकाको आइसोलेसनमा राखिने बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई कोरोना अस्पतालको रुपमा तयार गरेर उपचार भइरहेको छ ।

तर, संक्रमितहरुको संख्या बढेसँगै आइसोलेसनमा राख्नुपर्ने बिरामीले पनि ठाउँ नपाएकाले वार्ड निर्माण गरेको नगरप्रमुख वडले बताए ।

हाललाई २८ बेडको मात्रै आइसोलेसन निर्माण गरिएको भएपनि भवनमा आवश्यकताका आधारमा १५० बेड क्षमतासम्मको आइसोलेसन तयार पार्न सकिने बताइएको छ ।

अहिलेपनि उपमहानगरपालिकाका केही संक्रमित अस्पतालमा बेड नपाएपछि ‘क्वारेन्टिन’मै र केही घरमै बस्न बाध्य छन् ।

अब पालिकाभित्रका संक्रमितलाई यस आइसोलेसनमा राखिने र अप्ठ्यारो पर्दा अस्पताल पुर्‍याउन चौबिसै घन्टा एम्बुलेन्सको व्यवस्था पनि रहने उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मीराज उपाध्यायले बताए ।