
पाल्पा, असार ९ । पहिरोका कारण अवरुद्ध भएको पाल्पाको तानसेन–रिडी सडकखण्ड सुचारु भएको छ ।
सोमबार बेलुका गुडिरहेका सवारी–साधनलाई पहिरोले पुरेपछि अवरुद्ध सडक मंगलबार सञ्चालनमा आएको हो ।
पहिरोमा परेर तीनजनाको मृत्यु भएको थियो । पहिरोले चारवटा सवारीसाधन पुरेको थियो ।
सवारीसाधनमा रहेका दुईजनाको घटनास्थलमा मृत्यु भएको थियो भने एकजनाको उपचारकाक्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा चितवनका ३३ वर्षीय वीरबहादुर गुरुङ, पाल्पाका २५ वर्षीय भुवन खाम्चा र काभ्रेका २८ वर्षीय निवेश श्रेष्ठ रहेका छन् ।
अविरल वर्षाका कारण खसेको पहिरोले सडकमा गुडिरहेका पानी ट्यांकर, ट्रक, पिकअप जिप र कार पुरिएको थियो ।
पहिरोमा अरु मानिस परेको आशंकामा खोजतलास भने जारी रहेको प्रहरीले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्