२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


मध्यपहाडी लोकमार्गमा अप्टिकल फाईवर बिच्छ्याउने कार्य सुरु


0
Shares

सिन्धुली । सिन्धुली जिल्लामा अप्टिकल फाइबर बिच्छ्याउने काम शुरु भएको छ ।

सरकारको डिजिटल नेपाल बनाउने योजना अनुरुप सिन्धुलीको मध्यपहाडी लोकमार्गअन्तर्गत गोलान्जोर गाँउपालिकाको खुर्कोटबाट अप्टिकल फाइबर बिच्छ्याउने कार्य शुरु गरिएको हो ।

मध्यपहाडी लोकमार्ग तथा आसपासको क्षेत्रमा गुणस्तरीय इन्टरनेट सेवा संचालनका लागि पाँचथरको चिवाभञ्याङदेखि धादिङको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै २ हजार १ सय ८९ किलोमिटर क्षेत्रमा फाइबर बिच्छ्याउने जनाइएको छ ।

अप्टिकल फाइबरले ३५ जिल्लाका नेपाल टेलिकमका ग्राहकहरुलाई सुविधा पुग्ने बताइएको छ ।

ग्रामीण दुरसञ्चार विकास कोषको आर्थिक सहयोगमा करिब २० करोड रुपैया लागतमा आरोग्य कन्ट्रक्सन, चाइना रेल्वे र चाइना फिवेल जेभिले योजनाको जिम्मा लिएका छन् ।