
काठमाडौं । बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या कि हत्या भन्ने विषयमा बहस चलिरहेका बेला अप्रत्यासित विषयले प्रवेश पाएको छ ।
व्यक्तिगत कारण हो या राम्रा फिल्ममा अवसर नपाएका कारण सुशान्तले आत्महत्या रोजेका हुन भन्ने बिषय पेचिलो बनिरहेको छ ।
विभिन्न कोणबाट छानविन र अनुसन्धान भइरहेको छ । उनको मृत्युसँगै केही सेलिब्रेटीहरु विवादमा तानिएका छन् ।
रिया चक्रावर्तीविरुद्ध सुशान्त सिंहलाई आत्महत्या गर्नका लागि बाध्य पारेको आरोपमा बिहार अदालतमा दुरुत्साहन मुद्दा नै दर्ता भयो ।
त्यतिमात्र होइन दुरुत्साहनकै आरोपमा बलिउडका चर्चित सेलिब्रेटीहरु सलमान खान, आदित्य चोपडा, करण जोहार, सञ्जय लिला भन्साली र एकता कपूरविरुद्ध उजूरी परेको छ ।
उनीहरुले सुशान्तको करियर डुबाउने र उनलाई नयाँ स्टार बन्नबाट रोक्ने प्रयास गरेको उनको आरोप थियो । प्रहरीले यस विषयमा छानविन गरिरहेको छ ।
यता मृत्युको कारणबारे सलमानले धेरै नै आरोप खेपिरहेका छन् । शुसान्तको करियर बर्बाद गर्नका लागि जिम्मेवार भएको आरोप लागेको छ ।
सलमानको व्यापक विरोध भएपछि उनले ट्वीट गरेर आफ्ना सबै प्रशंसकलाई सुशान्तका परिवारलाई साथ दिन अपिल गरेका छन् ।
उनले आफ्नो ट्वीटमा गरेका छन्, ‘म आफ्ना सबै प्रशंसकलाई के आग्रह गर्न चाहन्छु भने सुशान्तका प्रशंसकलाई साथ दिनुहोस् र गलत भाषाको प्रयोग नगर्नुहोस् । भावनालाई बुझ्ने कोसिस गर्नुहोस् । यो संकटको घडीमा सुशान्तको परिवारको सहारा बन्नुहोस् । आफ्नो मान्छे गुमाउनुको पीडा अत्यधिक हुन्छ ।’
१४ जुनमा मुम्बईस्थित आफ्नै निवासमा सुशान्त मृत भेटिएका थिए । प्रहरी यतिबेला यो घटनामा अनुसन्धान गरिरहेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्