
काठमाडौं, जेठ ८ । प्रसूतिगृह र वीर अस्पतालका भवन पुनःनिर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ ।
वि.सं. २०७२ साल वैशाखको विनाशकारी भूकम्पबाट क्षति पुगेका थापाथलीस्थित परोपकार प्रसूतिगृहको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको हो ।
अस्पताल प्रशासनहरुकाअनुसार एक महिनाभित्रमा दुवै भवन सन्चालनमा ल्याइने भएको छ ।
जापान सरकारको आर्थिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् पुनःनिर्माण गरिएको हो ।
यी अस्पताल पुनःनिर्माणको लागत दुई अर्ब ४० करोड जापानी यन अर्थात् दुई अर्ब १० करोड रुपैयाँ बराबर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्