२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


नेप्से साढे सात अंकले उकालो


0
Shares

काठमाडौं, जेठ ८ । पछिल्ला दुई दिन सामान्य अंकले रातो रहेको सेयरबजार बुधबार सकारात्मक रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से साढे सात अंकले उकालो लागेर १३ सय १९ पुग्यो । कारोबार पनि अर्ब हाराहारी नै रह्यो ।

यसदिन उत्पादनमूलक र सामूहिक लगानी कोषबाहेक अरु सबै समूह सकारात्मक रहे ।

जलविद्युत् समूह सबैभन्दा उच्च ६८ अंकले उकालो लाग्यो । होटल समूह ५२ अंक अनि जीवनबिमा समूह ४३ अंकले बढ्यो । निर्जीवन बिमा समूह पनि दोहोरो अंकले सुधारिँदा अरु भने सामान्य अंकले सकारात्मक रहेका हुन् । उत्पादनमूलक समूहमा भने ८४ अंकको गिरावट आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७१ कम्पनीका ३४ लाख ३६ हजार कित्ता सेयर ९७ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।